词条 | Draft:Dilli Basnet |
释义 |
Referencesमुक्तक —डिल्ली बस्नेत ‘संगीत’ खुशी साटेर साटिदैन खुसी बाँडेर बाँडिदैन जव मनमा ज्वारभाटाहरु खेल्दै जान्छन् अरुलाई ढाँटेर ढाँटिदैन ।। मुक्तक — डिल्ली बस्नेत ‘संगीत’ जीन्दगीमा खानु र खेल्नुको मजा बेग्लै छ जीन्दगीमा दुख झेल्नुको मजा बेग्लै छ ।। जानी नजानी भोग्दैछ पीडाका दर्दहरु फस्दै गरेको जीन्दगी धकेल्नुको मजा बेग्लै छ ।। गजल —डिल्ली बस्नेत ‘संगीत’ देखेर मात्र के गर्नु लेखेकै रहेनछ क्यारे हत्केलाले सूर्य छेक्न खोजेँ छेकेकै रहेनछ क्यारे ।। मिथ्या रहेछ जीन्दगीको यात्रा बुझ्न खोज्दैछु अहिले सबथोक देख्ने आँखाले आफैलाई देखेकै रहेनछ क्यारे । बडो अभिमान पालेर बस्छ मान्छे सांसारिक दुनियमा खस्कदो छ तलतल आफ्नै धरातल टेकेकै रहेनछ क्यारे । नौटंकी गर्दै मलहम लाउन खोज्छ मान्छे अर्काका घाउमा तड्पीदै बाँच्ने मान्छेले आफ्नै घाउ सेकेकै रहेनछ क्यारे ।। गजल —डिल्ली बस्नेत ‘संगीत’ जीन्दगी बुझ्दा बुझ्दै सकियो जीन्दगी मन्दिरमा पुज्दा पुच्दै सकियो ।। तैपनि बुझ्दैनन् मान्छे जीन्दगीको परिभाषा मान्छेको भीडमा जीन्दगी लुछ्दा लुछ्दै सकियो । साउने झरी बग्न छोडेन जीन्दगीको कहिल्यै पनि हरे ! ओत लाग्नै नपाई रुझ्दा रुझ्दै सकियो । भन्छन् संघर्ष हो जीन्दगी ज्यूँनु पर्छ लडेर नै थाहै नपाई भोक, रोग र शोकसंग जुझ्दा जुझ्दै सकियो । बलिन्द्र आँसु बग्दै छन् बगिरहेछन् दिन रात यसैगरी खोई बुझ्नै सकिएन आँसुको मूल्य पुछ्दा पुछ्दै सकियो ।। गजल —डिल्ली बस्नेत ‘संगीत’ भिजन विनाको मिसनले देश दलदलमा फस्दैछ पहिचान खोज्दै जाँदा मधेस दलदलमा फस्दैछ ।। जताततै भागदौड र हाहाकार भइरहेछ देशमा नेपाली स्वाभीमान संगै परिवेश दलदलमा फस्दैछ । हत्या र वलत्कारीहरु खुलेयाम अठ्याउँदैछन् कोपीलाहरु नहुँदा शूली चढाउने आदेश दलदलमा फस्दैछ । आफै नउठी अरु कोही उठ्दो रहेनछ क्यारे दुर्भाग्य ! आफ्नै भाषा अनि भेष दलदलमा फस्दैछ ।। गजल —डिल्ली बस्नेत ‘संगीत’ जुन दिन भेटे तिमीलाई मन मष्तिष्कमा लेखे तिमीलाई । पाउँछु या पाउदिन तिमीलाई तैपनि सपनिमा देखे तिमीलाई । स्वर्गकी परी जस्तो लाग्दथ्यो सपनीमा फुत्किएर जान्छेउ कि भनी छेके तिमीलाई । बडो गजव लाग्यो जव विपनीमा छैनौँ तिमी तरंगित भैइरह्यो सोच्यो कुन्नी के के तिमीलाई ।। मुक्तक —डिल्ली बस्नेत ‘संगीत’ मलाई साथ चाहियो सिंगो देश जोड्न मलाई साथ चाहियो आफ्नै परिवेश जोड्न। सुनिन्छन् दश थरिका हावादारी कुराहरु मलाई साथ चाहियो पहाड र मधेश जोड्न । मुक्तक —डिल्ली बस्नेत‘संगीत’ बदल्नु छ भाग्य कर्मले जोडी संस्कार नैतिकता धर्मले जोडी पहिल्याउनु छ गोरेटो जीवनको मानवताको नाता जन्मले जोडी ।। —डिल्ली बस्नेत ‘संगीत’ उचाईले नाप्दैन बाँसले तलैतिर नुग्छ आखिर फलेको बृक्षको हाँगो भुईतिरै झुक्छ आखिर ।। श्रद्धा र सम्पति हेर्दा फरक हुन आफैँमा संस्कार नभएको सम्पति अहंकारले भुक्छ आखिर ।। मुक्तक —डिल्ली बस्नेत ‘संगीत’ मागे सबथोक मिल्छ, प्यारमा मिल्दैन के ? धैर्य गरेर त हेर, इन्तिजारमा मिल्दैन के ?? जे छ सबथोक यही छ, खोजी गरेर त हेर सोँच बदल्न सके, संसारमा मिल्दैन के ?? मुक्तक —डिल्ली बस्नेत ‘संगीत’ दुनिया बदलेको देख्न, सोँच बदल्नु छ तिमीले आफै भित्रका विकार, जो छ बदल्नु छ तिमीले ।। कंकर कंकर पथ्थर, जव शंकर बनि पुजिन्छन् अहंकार त्यागी आफूलाई, रोज बदल्नु छ तिमीले । मुक्तक —डिल्ली बस्नेत ‘संगीत’ देउता पनि खुसी हुन्छन् धुप धार दियो भने मान्छेको त के कुरा प्यार दियो भने गाह्रो छैन भगवान बन्न चोट सहदै गए पछि पथ्थर पनि पुजिन सक्छ आकार दियो भने ।। मुक्तक —डिल्ली बस्नेत ‘संगीत’ नखोलेरै राखिएको बन्द एउटा खाम थियो थाहा थिएन भित्र के थ्यो बाहिर मेरै नाम थियो ।। आतुर थिए खोल्न औँला पाउनलाई नयाँ कुरा खोल्दै जाँदा गर्व गर्ने त्यहाँ पहिचान थियो । गजल —डिल्ली बस्नेत ‘संगीत’ ख्याल ख्यालमा वित्छ जीन्दगी कसैको चलखेलमा वित्छ जीन्दगी कसैको ।। थाहै नपाई हरेक मोडमोडमा जालझेलमा वित्छ जीन्दगी कसैको ।। पलप्रतिपल होशियार हरकदम खेलखेलमै वित्छ जीन्दगी कसैको ।। तैपनि, चिन्नै नसक्दा आफूलाई चिसो जेलमै वित्छ जीन्दगी कसैको ।। सवथोक छ आफैँमा भड्किरहन्छ वाहिर थाहै नपाई नुनतेलमा वित्छ जीन्दगी कसैको ।। मुक्तक —डिल्ली बस्नेत ‘संगीत’ गर्छौ सवथोक भन्छौ एक थोक हाँस्छन् सुनेर सबै तिम्रो जोक ठिक्क पार्छौ बोली व्यवहारले अनेक छक्क र बक्क छन् जनता हँसाएर लोक । |
随便看 |
|
开放百科全书收录14589846条英语、德语、日语等多语种百科知识,基本涵盖了大多数领域的百科知识,是一部内容自由、开放的电子版国际百科全书。